काठमाडौं- ग्रिस सरकारले कोरोना संक्रमणको वृद्धि भएसँगै कोभिड १९ र इन्फ्लुएन्जाबिरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ।
एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले सतर्क रहन आग्रह गरे। गत सेप्टेम्बरदेखि देशभर कोभिड- १९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो।
करिब १० करोड जनसंख्या भएको देशमा २ लाख १० हजारले मात्र कोभिड- १९ बिरुद्धको खोपको पछिल्लो डोज पाएका छन्।
गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन्। नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ।