काठमाडौं- चर्चित बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहले बच्चाको योजना बनाइरहेको बताएका छन्। अभिनेत्री पादुकोणले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएकी हुन्।
उनले आफ्नो बच्चा हुने दिनको पर्खाइमा रहेको बताइन्। उनले थपिन्- 'रणवीरलाई बच्चा निकै मन पर्छ। उनी आफ्नो बच्चालाई त्यही भ्यालुज दिन चाहन्छन्। जसरी उनको परिवारले उनलाई हुर्कायो।'
दिपिका र रणवीरको उमेर भने घर्किदो छ। दुवै अहिले ३८ वर्ष पुगिसके। योजना बनाइरहेका उनीहरुको बिजी सेड्युलका कारण समय अझै घर्किन सक्ने दिपिकाले बताएकी छिन्। चिकित्सकका अनुसार दिपिकाको कोखमा बच्चा नबस्ने समस्या पनि देखिन सक्छन्।
चिकित्सकका अनुससार महिलाका लागि बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३५ वर्षको र पुरुषको लागि २० देखि ४०/४५ वर्षसम्म हो। यसमा पनि २० देखि ३० वर्षको महिलाको लागि बच्चा जन्माउने निकै राम्रो मानिन्छ।
३५ वर्ष भन्दा पछिका महिलामा आवश्यक हर्मोन र अण्डाको कमी हुने, अण्डाको गुणस्तरमा कमी हुने र शारीरिक रुपमा पनि ढल्कदो उमेर भएकाले जटिलता सृजना हुन सक्ने चिकित्सकहरु बताउँछन्।