काठमाडौं- दक्षिण भारतीइ फिल्मका अभिनेता एवै तमिलनाडुको डीएमडीके पार्टीका संस्थापक विजयकान्तको मृत्यु भएको छ। उनको ७१ सालको उमेरमा कोरोनाबाट मृत्यु भएको हो। कोरोनाका कारण बिरामी भएपछि चेन्नइको एक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
अस्पतालले भनेको छ, 'कोरोना पोजेटिभ समेत रहेका उनी निमोनिया भएर अस्पतालको भेन्टिलेटरमा थिए।'
उनको मृत्युको खबरपछि अस्पताल बाहिर उनका शुभचिन्तकको भीड लागेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ।
विजयकान्तको अभिनय करियस निकै सफल रह्यो। उनले करिब १५४ वटा फिल्ममा काम गरेर फरक पहिलचाना बनाए। 'नरसिंहा', 'क्याप्टन', 'प्रभाकरण' लगायत थुप्रै फिल्म सुपरहिट भएका थिए।
सन् २०११ देखि २०१६ सम्म उनी तमिलनाडु विधानसभाका विपक्षी नेता थिए।