काठमाडौं- काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा कार्यरत एक डाक्टरमाथि आक्रमण गर्नेविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
गत कार्तिक २९ गते हेल्पिङ ह्यान्ड अस्पतालमा कार्यरत एक डाक्टरमाथि आक्रमण गरेको अभियोगमा चितवन घर भइ काठमाडौं बस्ने पुनम लामाविरुद्द स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो।
लामाले अस्पतालको इमर्जेन्सी वार्डमा डाक्टरमाथि आक्रमण गरेको अभियोगपत्रमा उल्लेख छ। साथै बिरामी जाँच्न प्रयोग हुने स्थेटेस्कोपले प्रहार गरेको बताइएको छ।