काठमाडौं- स्वास्थ्य बीमा बोर्डमा दुईजना सदस्य मनोनित भएका छन्। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बोर्डमा रिक्त रहेका पाँचमध्ये दुई जनालाई मनोनयन गरेका हुन्।
मन्त्रीको सचिवालयका अनुसार बोर्डमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र आँखा स्वास्थ्यका क्षेत्रमा सक्रिय जुनु श्रेष्ठ मनोनित भएका हुन्।
मनोनित सदस्यहरुको पदावधी चार वर्षको हुनेछ।
बोर्डमा रहेका पाँच जना सदस्यले यसअघि सामुहिक राजीनामा दिएका थिए।