काठमाडौं- जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको हो।
अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो।
डाक्टरको लापरबाहीले बालक जेम्सको मृत्यु भएको भन्दै उनका आफन्तले घटनाको छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न मानेका थिएनन्।
मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो।
तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ।