काठमाडौं– काठमाडौं महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शनिबार पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वासथ्य शिविर सञ्चालन भएको हो। विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो।
शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइन्।
उनले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने उल्लेख गरिन्। यसवर्ष ‘जोखिम बुझौं, सजगता अपनाऔं’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ।