सुर्खेत- जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। ३२ वर्षीय निराजन विष्टको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो।
विष्ट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ निबासी हुन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी डा विकास केसीले जानकारी दिए। उनी सुरुदेखि नै भेन्टिलेटरमा थिए।
यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ।