काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशकको नाम सिफारिस गर्न समिति गठन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिरदेखि रिक्त हुने चार जना नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन गरेका हुन्।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समितिलाई काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न कार्यादेश दिएका छन्। आयोगमा चार वटा निर्देशनालय छन्।
अहिलेका निर्देशकको अवधी आगामी ४ मंसिरमा सकिदैछ।