काठमाडौं- भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा श्रीराम तिवारीले पाएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरिय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिएका हुन्।
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् भने डा तिवारी ११औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।