सुर्खेत- जाजरकोट भुकम्पबाट घाइते भइ सुर्खेत ल्याइएका तीन जना डिस्चार्ज भएका छन्।
प्रदेश अस्पताल सुर्खेतका अनुसार अस्पतालमा आएका २९ जना घाईतेहरुमध्ये उपचार पश्चात ३ जना डिस्चार्ज भएका र बांकीलाई विभिन्न विभागमा भर्ना गरी उपचार भईरहको छ।
उपचारमा रहेकामध्ये १ जनालाई न्यूरो आई.सी.यु. को भेन्टिलेटरमा राखिएको र अन्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।