काठमाडौं- भुकम्पमा परेर घाइते भएका २५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
जाजरकोटकी एक ४ वर्षिया बालिकासहित २५ जनाको उपचार भइरहेको अस्पतालकी इमर्जेन्सी प्रमुख डा सोनाई गिरीले जानकारी दिइन्।
अस्पतालमा अहिले ५ बालबालिकासहित १० महिला र १५ पुरुषको उपचार भइरहेको छ।