सप्तरी- राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा अवधेश कुमार मिश्र नियुक्त भएका छन्। डा मिश्रलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै आर्थिक तथा प्रशासनिक अधिकार सहित अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी तोकिएको हो।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कात्तिक १० गते मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नयाँ जिम्मेवारी दिएका हुन्। डा झा अधिकृत एघारौँ तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन हुन्।
यसअघि अस्पतालमा प्रकाशप्रसाद साह प्रमुख थिए। एघारौँ तहका उनलाई स्वास्थ्य सेवा विभागमा ल्याइएको छ।