काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठक भोलिदेखि सुरु हुँदैछ।
बैठकका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव डा रोशन पोखरेल लगायत नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ।
भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेद्धारी दिएका दुई उम्मेदवार नेपालका डा शम्भूप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेदमध्ये एक जनालाई छनोट गर्नेछ।
भोलिदेखि चार दिनसम्म चल्ने बैठकले क्षेत्रीय निर्देशकको चयन गर्न निर्वाचन कार्यतालिका केही दिनमै सार्वजनिक गर्नेछ।
डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन्। तर म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन। यसपटक १० देशले मतदान गर्नेछन्।
यसैबीच