काठमाडौं- चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो।
पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो। सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो।
उनको ६८ वर्षको उमेरमा निधन भएको हो।