काठमाडौं– बीपी नेत्र प्रतिष्ठानले बिहीबार नि:शुल्क आँखा जाँच गर्ने भएको छ। विश्व दृष्टि दिवसको अवसरमा कारखानाका काम गर्ने श्रमिकहरूलाई लक्षित गरेर भक्तपुर मनोहरास्थित अस्पतालमा नि:शुल्क आँखा जाँच गरिने प्रतिष्ठाने जनाएको छ।
प्रतिष्ठानको सूचना अनुसार बिहान साढे ९ बाट जाँच सुरु हुनेछ। शिविर दिनभरि सञ्चालनमा आउने फाउण्डेसनका डा सुदीप आचार्यले बताए।
‘कार्यस्थलमा आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ गर्न लागिएको शिविरमा पाँच सयभन्दा बढीको आँखा जाँच गर्ने लक्ष्य लिइएको छ।