काठमाडौं– प्यालेस्टाइनको विद्रोही संगठन हमासले गरेको आक्रमणमा परी घाइते भएका चार जना नेपाली विद्यार्थीमध्ये दुई जना डिस्चार्ज भएका छन्।
दुई जनाको उपचार जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन्।
त्यसैगरी आक्रमणमा परी बेपत्ता भनिएका कञ्चनपुरका विपीन जोशीको खोजी कार्य जारी रहेको सरकारले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन्।
हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाएका छन्।