गाँजा- प्यालेस्टाइन सर्जन डा घसान अबु सिट्टाले त्यहाँका अस्पताल शरणार्थी शिविरमा परिणत भएको बताएका छन्।
गाजाको एक अस्पतालमा कार्यरत उनले सुरक्षित स्थान खोज्दै मान्छेहरु अस्पतालमा भरिएको बताएका छन्।
'मान्छेहरु डराएर आफ्नो परिवारसहित अस्पतालमा आइरहेका छन्। अस्पताल कम्पाउन्डमा मान्छेहरु भरिभराउँछन्,' बीबीसीसँग उनले भनेका छन्।
घाइतेहरु आउने क्रम जारी छ तर आफू कार्यरत सिफा अस्पताल पहिलेदेखि नै भरिभराउ रहेको उनले बताएका छन्।
उनले थपे, 'गाँजामा २२०० देखि २५०० बेड छन्। अहिले नै ४५०० भन्दा बडी घाइते छन्,' उनले भने।