काठमाडौंको बानेश्वरमा रहेको अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टर छोटो समयमा पहिचान बनाउन सफल संस्था हो। ओपीडी, क्लिनिकल तथा ल्याबरोटरी सेवा इिरहेको अल्फाले रेडियालोजी सेवासमेत प्रदान गर्दछ। गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ स्थापना भएको सेन्टरका ल्याब डाइरेक्टर डा आभास कोइरालासँग स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरको स्थापना कहिले र कसरी भएको हो?
नेपालमा कोरोना महामारी बढ्दै गएपछि पीसीआर परीक्षणका लागि ल्याब सेवाको आवश्यकता महसुस गरी अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरको स्थापना भएको हो। त्यतिबेला पीसीआर परीक्षणका लागि खोलिएको यस सेन्टरले कोरोना महामारी घट्दै गएपछि ल्याब सेवालाई विस्तार गरेको हो। कोरोना घट्दै गएको करिब १ डेढ वर्षपछि यस सेन्टरले आफ्नो सेवा क्षेत्रलाई विस्तार गर्दै पिसीआर परीक्षण बाहेकका अन्य ल्याब सेवा समेत प्रदान गर्न थालेको हो।
अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरले के कस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ?
हामीले प्रदान गर्ने सेवालाई ३ भागमा वर्गीकरण गर्न सकिन्छ। जसमा ओपीडी, क्लिनिकल तथा ल्याबरोटरी सेवा पर्छन्। ल्याबरोटरी सेवा अन्तर्गत कतिपय बिरामीहरु क्लिनिकबाट पनि आउने गरेका छन्। धेरै जस्तो बिरामीहरु रगत परीक्षणका लागि नै आउने गर्छन्।
यसका साथै हामीले रेडियालोजीको सेवा पनि प्रदान गर्दै आइरहेका छौं। जसमा एक्सरे,यूएसजी जस्ता सेवा पर्छन्। एक्सरे सेवामा छातीको एक्सरेका साथै हिस्टेरोसाल्फिन्जोग्राफी जस्ता सेवा यस सेन्टरले प्रदान गर्दै आइरहेको छ। महिलाहरुमा बाँझोपनको समस्या आएका समयमा यूट्रस वा फ्यालोपिन ट्युब केही समस्या आइरहेको समयमा दिइने विशेष सेवालाई हिस्टेरोसाल्फिन्जोग्राफी सेवा भन्ने गरिन्छ। यसका साथै हामीले फार्मेसी सेवा समेत प्रदान गरिरहेका छौं। फार्मेसी सेवाका लागि इनहाउस तथा बाहिरबाट समेत बिरामीहरु आउने गर्छन्।
निकट भविष्यमा केही सेवा विस्तार गर्ने योजनामा हुनुहुन्छ?
गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस सेन्टरको स्थापना भएकोले ल्याब सेवालाई अझै विशिष्टीकृत रुपमा सञ्चालन गर्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं। हामीले इन्डोक्राइनोलोजी सेवालाई विस्तार गर्ने योजना बनाएका छौं। इन्डोक्राइनोलोजी विभागमा यस सेन्टरको सुरुवात देखी डा सन्देश पन्थीले सेवा दिइराख्नुभएको छ। हर्माेनको गडबडी हुँदा लाग्ने सुगर, पोलिस्इस्टिक्स ओभरियन डिजिज् जस्ता रोगको उपचार गर्ने विभागलाई इन्डोक्राइनोलोजी सेवा भनिन्छ।
त्यससम्बन्धी उपचार गर्ने डाक्टरहरुलाई इन्डोक्राइनोलोजिस्ट भनिन्छ। गत साताबाट मात्रै हामीले रिम्याटोलोजीको सेवा सुरु गरेका छौं। कतिपय ल्याब परीक्षणका लागि अझै पनि बाहिर जाने गरेको छ ,त्यसरी बाहिर जाने टेस्टहरुलाई नेपालमा नै गराउने ध्येयका साथ हामीले काम गरिरहेका छौं। फ्लोसाइट्रोमेट्ररी, एनए आईएफए लगायतका परीक्षण हामीले गराएका छौं। फ्लोसाइट्रोमेट्ररि नेपालका एकदमै कम ल्याबहरुमा गरिन्छ।
ल्याब परीक्षणका लागि आउने बिरामीको संख्या कस्तो छ?
स्वास्थ्य क्षेत्रमा बिरामीको मन जित्नु सजिलो छैन। मानिसहरुले ल्याब वा स्वास्थ्य संस्थालाई विश्वास गर्नका लागि हिच्किच्याउने अवस्था छ। स्वास्थ्य सेवा लिन जानु अगाडि त्यहाँ दक्ष जनशक्ति छ या छ्रैन, चिकित्सकहरु अनुभवी भए/ नभएको, उपचारमा प्रयोग हुने उपकरणहरुको अवस्था, विश्वसनीयता जस्ता कुराहरुको अध्ययन गरिन्छ। हाम्रो नेतृत्वमा यो सेन्टर आएपछि बिरामीको चाप दैनिक रुपमा बढ्दै गएको छ।
सेवा प्रवाहमा कस्तो जनशक्ति तथा प्रविधिको प्रयोग भइरहेको छ?
हामी 'ए' ग्रेडको ल्याब भएकोले यसका लागि आवश्यक मेसिनहरु हामीसँग रहेको अवस्था छ। हामी आइएसओ मान्यता प्राप्त ल्याब नभए पनि हामीले आइएसओको गाइडलाइन पालना गरिहेका छौं। इमिनोलोजी, भिटामिन ए, डी लगायतको परीक्षणका लागि प्रविधि हामीसँग रहेको छ। एचपीएससी प्रविधिमार्फत् हामीले ल्याब परीक्षण गराइरहेका छौं। बायोकेमेस्ट्री मेसिनद्वारा हामीले ल्याब परीक्षण गराइरहेका छौं। हिस्टोप्याथोलोजी लागि पनि भिन्न मेसिनहरु समेत हामीसँग छ। एमआइसी प्रविधिबाट हामीले विभिन्न परीक्षण गराइरहेका छौं। हामीले नयाँ नयाँ प्रविधिको माध्यमबाट विभिन्न परीक्षण गराइरहेका छौं।
के यहाँबाट प्रदान हुने ल्याब सेवा सबैको पहुँचमा छ?
हामीले प्रदान गर्ने विभिन्न सेवालाई अन्य निजी क्षेत्रबाट सञ्चालित ल्याबसँग तुलना गर्नुपर्दाे उनीहरु बराबर रहेको अवस्था छ। सरकारी संस्थाहरुले विभिन्न अनुदान पाउने तथा कार्यक्षेत्र नै धेरै हुने भएकोले हाम्रो तुलना सरकारी ल्याबसँग भने गर्न मिल्दैन।
ल्याब टेस्टका लागि किन अल्फा केयर नै रोज्ने?
हामीले ५ एम, २ ई र १ आईको मान्यताका आधारमा सेवाग्राहीहरुलाई सेवा दिइरहेका छौं। यसमा नै ल्याब परीक्षणको गुणस्तरीयता निर्भर रहने गर्छ। यसअन्तर्गत एमको कुरा गर्नुपर्दा हामीसँग दक्ष जनशक्ति सबैभन्दा बढी महत्वपुर्ण मानिन्छ। हामीले अद्यावधिक रुपमा जनशक्तिहरुलाई तालिम दिन्र्छाैं। त्यस्तै हामीसँग भएको सही व्यवस्थापन, नयाँ प्रविधिमैत्री मेसिन, गुणस्तरीय सामग्री अर्थात् मेट्रियल,मेथट प्रमाणित विधि हामीले प्रयोग गर्दै आइरहेका छौं।
त्यस्तै दुईवटा ईमा ल्याब परीक्षणका लागि प्रयोग हुने औजार र वातावरण पर्छन्। आईको अर्थ इन्फरमेसन हो हामीले दिने सूचना विश्वसनीय छ। यी सबै पक्षमा अब्बलता कायम गर्नमा हामीले कुनै पनि कन्जुस्याईं गरेका छैनौं। त्यसैले ल्याब परीक्षणका लागि अल्फा केयर नै रोजाईंमा पर्ने गरेको हो। साथै हामीसँग पर्याप्त मात्रामा जनशक्ति समेत रहेका छन्। हामीसँग २१ जना दक्ष जनशक्ति छन्।