उमेर बढ्दै जाँदा शरीरमा रुपमा चाउरीपन (रिंकल) देखिन थाल्छ। रिंकल मात्र होइन, उमेर बढ्दै जाँदा छालामा अन्य समस्या आउन सक्छन्। विभिन्न अन्य समस्याहरू पनि आउन थाल्छन्। कालो उठेको दागहरु पनि आउँछन्। जसलाई एज स्पट पनि भनिन्छ। उमेर बढ्दै जाँदा छाला पातलो हुँदै जाने, छाला झोलिएर जाने, नाकको छेउछेउको छाला (नासोलाविल फ्लडस्) डिप भएर जाने, गाला लत्रिएर जाने, गालाको तलपट्टि छाला घाँटीभन्दा माथिको भाग (सबमेन्टल फ्याट प्याड) पनि जमेर जाने सम्भावना हुन्छ।
छालाको रङमा आउने परिवर्तनहरु अर्थात् पिग्मेन्टेसन पनि देखिन सक्छ। चाया पोतो (मेलाज्म)को समस्या पनि देखिन सक्छ। महिलाहरुमा मेनोपोजपछि छाला पातलो हुँदै जाने, छाला रातो भइहाल्ने हुन्छ। यसरी एजिङसँगै देखिने समस्याहरू वंशाणुगन रूपमा पनि देखिन्छ। फोटोएजिङ (घामले गर्दा आउने समस्या) मेलाज्मा मात्र नभएर अन्य अन्य माथि भनिएका समस्याहरूलाई अझ चाँडो बढाउन सक्छ। साथै धूमपान र मद्यपान, धेरै गुलियो खानेकुराले पनि एजिङलाई बढाउँछ। यसको एउटा रोकथाम भनेको घामबाट जोगिने हो। यसका लागि सन्सक्रिम लगाउनुपर्छ। नेपाली स्किनको लागि कम्तीमा पनि ३०–५० एसपिएफ पिए त्रिपल प्लसको सन्सक्रिन दुईदेखि तीन घण्टाको फरकमा आफ्नो हातो दुई औंला (माझी औंला र चोरी औंला) भरीमा पूरा तानेर २.५ मिलिलिटर अनुहार र घाँटीसम्म पुग्ने गरेर लगाउनुपर्छ।
बढ्दो उमेरमा छालामा समस्या नआओस् भनेर रोक्न सेरम, मस्चराइजर पनि बिहान र बेलुका लगाउनुपर्छ। अनुहारलाई धेरै सुख्खा नहुने गरी सामान्य खालको हाइजिन मेन्टेन गर्ने क्लिन्जरहरु प्रयोग गर्न सकिन्छ।
छालामा समस्या देखिइसकेपछि अब यसको उपचार के हुन्छ भने एउटा प्रचलित उपचार बोटुलिनम टक्सिन हो। जसलाई बजारमा बोटक्स भनेर चिनिन्छ। यो निधारको चाउरी, आँखा वरिपरिको चाउरी, नाकमा हुने चाउरी हटाउन प्रयोग गरिन्छ। यो ४–६ महिनामा फेरि गर्नुपर्ने हुन्छ। पटक–पटक गर्दै जाँदा एडिएक्टिभ इफेक्टिभ हुन्छ। अर्थात् बोटोक्सले काम गर्ने समय बढ्दै जान्छ।
अर्को छालामा फ्लड्स र गहिरो रिंकल देखियो भने फिलर्स गर्न सकिन्छ। यो उपचार एक वर्षपछि पुनः गर्नुपर्छ। अर्को छालालाई तन्काउने गरेर थ्रेड्स भन्ने प्रविधि छ। त्यसलाई छालाको बाहिरी सतहबाट तलपट्टि इन्जेक्टे गरेर छाला तन्काउन सकिन्छ। अरु छाला तन्काउने प्रक्रियामा एन्टिएजिङतर्फ हाइफू (एचआईएफयू) अथवा एमएफयू पनि छ। यो पनि गर्न सकिन्छ। हाइफू ६ महिनादेखि डेढ वर्षको फरकमा गर्न सकिन्छ। एमएफयू ३–६ महिनाको फरकमा गर्न सकिन्छ।
माइक्रो निडल रेडियो फ्रिक्वेन्सी अर्थात् (एमएनआरएफ) पनि छ। त्यो प्रविधिले माइक्रोनिडल्सको बिचमा रेडियो फ्रिक्वेन्सी पास गरेर छाला टाइट गर्ने गरिन्छ। अहिले एकदमै प्रचलित उपचार भनेको पीआरपी (प्लेटलेट्स रिच प्लाज्मा) ट्रिटमेन्ट पनि हो। जसमा बिरामीको रगत निकालेर त्यसलाई सेन्ट्रीफ्युज गरेर पीआरपी बनाउँछौँ। त्यसले नै छालामा माइक्रोनिडलिङ गरेर राख्न पनि सकिन्छ।
अर्को भनेको बायोरेमोडुलेटर उपचार हो। यसमा छालामा रहेको प्रोटिन, कोलाजिन र इलास्टिनलाई अझ बनाउन मद्दत गर्छ। कुनै पनि माथि भनिएका उपचार विधिहरू एजिङ प्रक्रिया सुरु हुनुभन्दा पहिला नै गर्दा प्रभावकारी देखिन्छ। समस्या आइसकेपछि र शरीरमा अन्य अरू दीर्घकालीन रोग जस्तैः मधुमेह, थाइरोइड सम्बन्धी रोग, मोटोपन भएमा एन्टी एजिङ उपचार त्यति प्रभावकारी हुँदैन। साथै धूमपान र मद्यपानले धेरै गुलियो खानेकुराले पनि एजिङलाई बढाउँछ।
छालाका यस्ता समस्याबाट बच्ने यी उपचार, सन्सक्रिनको प्रयोग बाहेक खानेकुराहरुमा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ। एन्टीअक्सिडेन्ट भएका खानेकुराहरुमा जोड दिने जस्तै फलफूल, सागसब्जी धेरै खाने, गुलियो खानेकुरा सकभर कम गर्ने, दीर्घकालीन रोगहरूको पनि उपचार गराउने, धूमपान र मद्यपान नगर्ने, शारीरिक व्यायाम, योग तथा ध्यान गर्ने लगायतका कुरामा पनि जोड दिनुपर्छ।
(छाला रोग विशेषज्ञ डा कोइराला लेट मी इन् अस्पताल महाराजगन्जमा कार्यरत छन्।)