काठमाडौं- बझाङमा गएको भूकम्पमा एकजना महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत १६ गतेको भुकम्पमा परेर जयपृथ्वी नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका ५२ वर्षिया गुनमती धामीको मृत्यु भएको हो।
तलकोट गाउँपालिका आसपास केन्द्र बिन्दु बनाएर ६.३ म्याग्नेच्युटको भुकम्पका कारण बझाङ जिल्लाका ८ वटा स्वास्थ्य संस्थामा पूर्णक्षति भएको छ भने ३४ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या देखिएको छैन।