काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाई्रले भदौ शुक्रबार केन्द्रीय कारागार अस्पतालको आकस्मिक निरीक्षण गरेकी छन्।
सचिव गुरागाई्रले अस्पतालको बहिरंग विभाग, विशेषज्ञ क्लिनीक, अन्तरंग विभाग, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष लगायतका सेवा तथा उपचार कक्षहरुको निरीक्षण गरेको अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीले जानकारी थिए।
त्यसैगरी केन्द्रिय सुधार गृहमा समेत सचिव गुरागाईले कैदीबन्दीको खानपान,शिक्षा र बिरामीहरुको व्यवस्थापनका बारेमा अनुगमन गरेकी छन्।
अस्पतालले उपचारका क्रममा गरेका नविनतम प्रयोग, स्वास्थ्य सेवा बिस्तार, फोहोर व्यवस्थापन, कारागार अन्तर्गत रहेका कैदीबन्दिहरुको स्वास्थ्य अवस्था र कारागारमा आइपर्ने समस्याहरु, केन्द्रीय कारागार अस्पतालको वर्तमान अवस्था र भावी योजनाका बारेमा स्वास्थ्य सचिव गुरागाई्रले राखेका जिज्ञासाको डा बुढाथोकीले जानकारी दिएका थिए।