काठमाडौं- वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश गरेको छ। वात्सल्य आईभीएफले ३ हजार भन्दा बढी दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान प्राप्तिको खुसी दिएको जनाएको छ।
हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आइभीएफ सफलतापूर्व सम्पन्न गरेको क्लिनिकले अहिलेसम्म ७ हजार भन्दा बढी दम्पतीले सन्तान लाभ (३००० आईभीएफ, १८००ं आईयूआई, २२०० नेचुरल प्रेग्नेन्सी) गरिसकेको दाबी गरेको छ।
वात्सल्यले आफ्नो सेवा नक्साल, भक्तपुर तथा नेपालगञ्जमा पनि विस्तार गरेको छ। आगामी केही दिनमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए।
निःसन्तानसम्बन्धी सम्पूर्ण सेवाहरु (आईभीएफ, आईयूआई, ओवेरियन इन्डक्सन तथा प्रसूतिपूर्वको जाँच लगाएतका सेवा क्लिनिकमा उपलब्ध रहेको सुवेदीले जानकारी दिए।