हामी महिला स्वास्थ्य स्वयंसेविका
जम्मा हुन्छौं महिनाको जुन छ अन्तिम दिन।
घरको काम बिर्सी छलफल गर्छौं एकै छिन।
देशको स्वास्थ्य सुर्धानलाई हामी नै हौं खम्बा।
त्यसैले त केही सिक्न, हुन्छौं हामी जम्मा।
डुल्दै हिड्छौ गाउँ ठाउँमा, खोजी गर्भवती।
प्रेशण गर्दै जाँदा, फाइदा भा ६ अति।
सुत्केरीलाई भिटामीन ए, गर्भान्तरलाई पिल्स।
रतन्धो र अन्य रोगलाई फाइदा कति मिल्छ।
भन्छन हाम्लाई निलोसारी भत्ता पचाउनलाई ।
फाइदै फाइदा देख्छौं हामी मृत्यु घटाउनलाई ।
जाडो गर्मी झरी बादल, भन्नु छैन कैले ।
स्वास्थ्य शिक्षा दिँदै हिड्छौ हामी गाउँमा जैले।
कहिले भन्छन दिवस अनि कहिले के के सप्ताह।
प्रचार प्रसार र्याली गर्दा, कहाँ पाउनु र भत्ता।
हिड्नु पर्यो बिना भत्ता, छैन हाम्रो ठूस्कान ।
हाँसी खुसी हिड्छौं सधै, ओठमा छर्दै मुस्कान ।
परामर्श गर्छौ हामी नयाँ दम्पतिलाई ।
स्वस्थ बनाइ राख्न भन्छौ, आफ्नो सन्ततिलाई।
त्यसैले त गर्भवती जचाउनलाई भन्छौं।
सुनौलो त्यो हजार दिनलाई, क्यालेन्डर गन्छौं।