काठमाडौं- नेप्लिज एसोसिएसन अफ क्लिनिकल फर्मासिस्टले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसी अधिकृत मृत भेटिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरको छ।
अध्यक्ष डा अनुपराज उप्रेतीले एक विज्ञप्ति जारी गर्दे उक्त घटनाको बिस्तृत र निष्पक्ष छानबिनको माग गरेका हुन्।
फार्मासिस्ट अमृत पोखरेल मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत भेटिकएका थिए।
प्रत्येक व्यक्तिलाई कुनै पनि प्रकारको उत्पीडन, भेदभाव वा अनुचित तनावबाट मुक्त सुरक्षित र सहयोगी कार्य वातावरणको हकदार रहने विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्यकर्मीहरूको कल्याण र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भन्दै यस अनुसन्धानले कार्यस्थलको अवस्था, व्यवस्थापन अभ्यासहरू र तिनको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने कुनै पनि सम्भावित कारकहरूको गहन समीक्षा समावेश गर्नुपर्ने बताइएको छ।
औषधि हिनामिनामा भएको थियो छानबिन, सुसाइड नोटमा लेखे- मलाई फसाएर उम्कन खोज्नेको जय होस्
महाराजगञ्जको मनमोहन कार्डियोथोरासिकमा फार्मेसी अधिकृत मृत भेटिए