काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थयका कर्मचारीको दरबन्दी संघमा राख्ने व्यवस्था गर्नमाग गरेको छ। स्वास्थ्य एक विशिष्टिकृत सेवा भएकोले संघमा नै राखि छुट्टै ऐनबाट संचालित हुनुपर्ने संघको भनाई छ।
अध्यक्ष रामजी घिमिरेद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवाका सम्पूर्ण कर्मचारीहरुको दरबन्दी संघीय कार्यालयमा राख्ने, कामकाज गर्नका लागि देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा खटाउने, सरुवा बढुवा अध्ययन अवसर जस्ता वृत्ति विकासका कार्यहरु संघीय सरकारद्वारा नै गर्ने, तलब भत्ता जिल्ला स्वास्थ्य कार्यालयहरु मार्फत भुक्तानी गर्ने, मुल्यांकन अनुगमन तथा काम लगाउने जिम्मेवारी स्थानीय तहलाई दिने कार्य गर्दा स्वास्त्यकर्मीका समस्या सदाका लागि समाधान हुने उल्लेख छ। संघले
समायोजनका नाममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका विभिन्न कार्यको असर स्वास्थ्य सेवामा हाल देखा परिरहेको भन्दै तत्काल सुधार नगरेमा दीर्घकालसम्म रहिरहने उल्लेख छ।
कुनै एक स्थानमा दरबन्दी राखी अन्यत्र काजमा रहेका स्वास्थ्यकर्मीहरुको हकमा कार्यरत वा दरबन्दी रहेको स्थानमा दरबन्दी नभएमा वा अपायक पर्ने भएमा वा हालसम्म पनि समायोजन नभएको वा फाजिलमा समोजन भएको भएमा रिक्त दरबन्दीमा समायोजन गर्न वा तत्काल आवश्यक व्यवस्थापन गरी सेवामा प्रतिकुल असर नपर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ।
धनगढीमा कार्यरत स्वास्थ्यकर्मीले ज्ञापन पत्र बुझाउँदै भने- हामी माथि अन्याय भयो