काठमाडौं- नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले राजीनामा दिएका छन्।
आइतबार डा खरालले संगठनको महासचिव र अन्य पार्टीका जिम्मेवारीबाट राजीनामा दिएका हुन्। ‘वर्षौपछि आज फर्केर हेर्दा मैले यथास्थितीको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकाले,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘मैले अब उप्रान्त राजनीतिको नयाँ अध्याय कोर्ने फैसला गरेको छु।’