काठमाडौं- रोल्पालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। रोल्पा जिल्ला खोप समन्वय समितिका संयोजक एबम् जिल्ला समन्वय समिति रोल्पा प्रमुख सीता आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगर (सिजल)को प्रमुख आतिथ्यतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुखरउपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्ला खोप समन्वय समितिका सम्पूर्ण पदाधिकारीहरु, जिल्लाका राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधि, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु,गैरसरकारी तथा निजि संघरसंस्थाहरुबाट प्रतिनिधिहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु, स्वास्थ्य आमा समूहका पदाधिकारीहरु, रेडियो तथा छापा माध्यमका संचारकर्मीहरु लगायतसरोकार निकायहरुको उपस्थिति रहेको थियो।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाईनागरिकको मौलिकहकको रुपमा स्थापित गरी नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति गरेको छ। आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट संचालन तथा व्यवस्थापन हुने कानूनी प्रावधान रहेको छ।