काठमाडौं- अमेरिकामा रहेर चिकित्सा प्रयोगशाला विषय अध्ययनरत विद्यार्थीहरु र पेशाकर्मीहरुको छाता संगठन अमेरिका नेपाल चिकित्सा प्रयोगशाला विज्ञान समाजमा निर्देशक बोर्ड गठन भएको छ।
रोहित भण्डारीको अध्यक्षतामा ९ सदस्यीय निर्देशक बोर्ड गठन भएको हो। गत वर्षको नोभेम्बरमा स्थापना भएको समाजमा नयाँ निर्देशक समितिको चुनाव भएको थियो। ४९ जना संस्थापन सदस्य रहेको समाजले अध्यक्ष भण्डारीसहित ९ सदस्य निर्वाचित गरेको हो।
बोर्डको उपाध्यक्षमा रवि धिताल, सचिवमा अश्विनी कुमार नेपाल, सह-सचिवमा अनुजा आचार्य र कोषाध्यक्षमा शरद गौतम निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा झबिन्द्र प्रसाद घिमिरे, द्रोण पाण्डेय, निरज राई र लक्ष्मण रेग्मी निर्वाचित भएका छन्।
संस्थाले चिकित्सा प्रयोगशाला विज्ञान पढ्ने विद्यार्थी र पेशाकर्मीको हितमा काम गर्नुको साथै अमेरिका तथा नेपालमा चिकित्सा प्रयोगशाला विज्ञानको बारे शैक्षिक र प्राविधिक क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ।