काठमाडौं- देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण भएको छ।
मिर्गौला प्रत्यारोपण गर्नाका लागि २०७८ चैत्र १० गते सम्झौता भएको थियो। सोही बमोजिम प्रदेश अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा सुरु गरिएको थियो।
कानूनी तथा व्यवस्थापकिय प्रक्रिया पुरा गरे पश्चात २०८० असार २८ गते दोस्रो पटक रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं २ निवासी ५५ वर्षिय आमाले ३७ बर्षिय छोरालाई मिर्गौला दान गरेकी थिइन्। हाल अंगदाता र अंग ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था समान्य रहेको छ।