काठमाडौं– महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत भेटिएका छन् ।
मृत भेटिनेमा अस्तालकै फार्मेसीमा काम गर्ने फार्मेसी अधिकृत ३५ वर्षीय अमृत पोखरेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए । अर्घाखाँचीको शितगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
बिहान करिब पौन ८ बजे दुई तलामाथि स्टोर रुम नजिकको भर्याङ नजिक कपडाको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । मुचुल्काको काम सकेर उनको पोस्टमार्टम गर्ने तयारी भएको एसपी रिजालले जानकारी दिए ।