काठमाडौं- औषधि व्यवस्था विभागले तयार पारेको औषधि बिक्रि वितरण संहिता, २०८० सार्वजनिक गरिएको छ।
विभिन्न चरणमा सरोकारवालाहरुसँगको छलफल र सुझावलाई समेत समावेश गरि तयार पारिएको औषधि बिक्रि वितरण संहिताका आवश्यक राय,सुझाव संकलनका लागि सार्वजनिक गरिएको विभागले जनाएको छ।
बिहीबार सार्वजनिक उक्त संहिताका विषयमा उपयुक्त राय तथा सुझाव भएमा १५ दिन भित्र इमेलमार्फत सुझाव दिन सकिने विभागले जनाएको छ।
औषधिको बिक्रि वितरण कुशल रुपमा गरी उच्चतम प्रभावकारिता, जनसुरक्षितता एवं गुणस्तरीयता कायम गर्दै जनस्वास्थ्यमा टेवा पुर्याउने अभिप्रायले औषधि बिक्रि वितरण संहिता, २०८० ल्याउन लागिएको विभागले जनाएको छ।
राय/सुझाव विभागको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ।
हेर्नुहोस विभागले तयार पारेको औषधि बिक्रि-वितरण संहिता, २०८०