काठमाडौं- क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच उपचारसम्बन्धी सम्झौता भएको छ।
क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धी बिहीबार सम्झौता भएको हो।
सम्झौतापछि सुनाइ सम्बन्धी समस्या भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग परामर्श लिन सक्नेछन्।
साथै, उनीहरुले क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत छुट पाउने छन्। यसैगरी प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट, औषधि र खोपमा १० प्रतिशत छुट, संघको सिफारिस पत्र लिएर आएमा क्लिनिक वानको सेवामा १०० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि केन्द्रीत गरेर सो सम्झौता गरिएको बताइएको छ। क्लिनिक वानले यो सेवा ६ वर्षअघिदेखि सुरु गरेको थियो।