काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन्।
चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन्।
प्राडा सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन्। उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउन लागेको हो।
शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए। उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गरेका छन्।