काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको अभिव्यक्तिलार्य लिएर नेपाल प्रगतिशिल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै संघले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ।
मन्त्री बस्नेतले पत्रकार सम्मेलनमा 'कर्मचारीहरुले सरुवा गरे आत्हत्या नै गर्छु भनेर आएको समयमा आफूले आत्महत्या गर्ने भए डोरी दिन्छु' भनेर भनेको जानकारी दिएका थिए। मन्त्री बस्नेतको उक्त भनाईले समस्यामा परेका स्वास्थ्यकर्मीलाई आत्महत्या गर्न उक्साउने काम भएको भन्दै विरोध भएको हो।
मन्त्री बस्नेतले आत्हत्या दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यकै कर्मचारीले समेत विरोध गरेका छन्।
हेरौं मन्त्री बस्नेतले व्यक्त गरेको धारणा
स्वास्थ्यमा सरुवा गराउन कोही तागत लगाएर आउछन्। कोही आत्महत्या गर्छु भन्दैं आउँछन्। केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन्। सचिवज्यूहरु यही दायाँ बायाँ हुनुहुन्छ। एउटा आएर म यही आत्महत्या गर्छु भनेछ। सचिवज्यूहरु त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ अनि म कहाँ आउनुभयो। झन उहाँ (सचिव देवकुमारी गुरागाईं)को त कमलो मन। लौन केही गर्नुपर्यो आत्महत्या गर्छु भन्छ भन्नुभयो। मैले त कुरा बुझेको छु। उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुण्डिन भन्दिनुस भन्दिएँ। त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिड्नुभयो। यहाँ दंग्याउने, घुर्काउने धेरै हुन्छन्।
यो पनि
स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्ति विवादमा, राजीनामा माग