काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्का अवासीय चिकित्सकहरुले आफ्ना २० बुँदे माग पूरा गर्न ७२ घण्टाको अल्टिमेटम दिएका छन्।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरे र सचिव डा पुष्पराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा आफ्ना मागहरु सम्बोधन नभए वीर अस्पतालले साउनदेखि बिहान ८ बजेदेखि संचालनमा ल्याउन लागेको ओपीडीसेवामा काम नगर्ने चेतावनी दिइएको छ।
यस्तै बिदा, कक्षा संचालन, बीमा, पुस्तकालय लगाएतसम्बन्धीका मागहरु उनीहरुले उठाएका छन्।
आफ्ना मागहरु ७२ घण्टासम्म पनि सम्बोधन नभए थप कडा विरोधका कार्यक्रम संचाजनले गर्ने विज्ञप्तिमा उल्लेख छ।
हेर्नुहोस मागहरु