काठमाडौं– चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्। ज्यान मार्ने धम्की दिँदै प्रसाईँसाग २० करोड मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट १ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्तिको नाम रमेश गुरुङ रहेको सीआईबी स्रोतले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको र व्यवसायी प्रपाईं उजुरी गर्न सीआईबी पुगेको स्रोतले जनाएको छ।
प्रसाईंले पछिल्लो समय संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणालगायतका माग राख्दै ‘नागरिक बचाऊ महाअभियान’ थालेका थिए। उनले बैंकको ऋणले व्यवसायीलाई थप मार परेको भन्दै नतिर्न आव्हान गर्दै विभिन्न ठाउँमा विरोधका कार्यक्रम पनि गरेका थिए।