काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले सोमबार लिएको परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरेको हो।
परीक्षामा १९६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५५ जना उत्तीर्ण भएका छन्।
यस्तै काउन्सिलले शनिबार लिएको पिसिएल तथा ब्याचलर तहको नतिजा भने अझै प्रकाशित गरेको छैन। शनिबारको परीक्षाका क्रममा प्रश्नपत्र आउट भएको भन्दै परीक्षा स्थगित गरिएको छ। प्रश्नपत्र आउट गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रश्नपत्र आउट भएका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको भन्दै काउन्सिलले नतिजा पनि प्रहरीको रिपोर्ट आएपछि मात्र प्रकाशित गर्ने वा पुन परीक्षा लिने भन्ने विषयमा निर्णय लिने बताइएको छ।
हेरौं विशेषज्ञ परीक्षामा पास हुनेहरुको नमावली