काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सार्वजनिक गरेका छन्। सोमबार उपलब्धि सार्वजनिक गर्दै मन्त्री बस्नेतले दुई महिनाको अवधिमा ३५२३ जनरल वार्ड निःशुल्क गरेको जनाएका छन्।
उनले १६ वर्षदेखि नीगित बहसमा रहेको राष्ट्रिय स्वासथ्य वित्त रणनीति (२०८०—२०९०) मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८०—२०८७/८८) मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ सार्वजनिक गरेको लगायतका कुरा आफूले गरेका काम कारवाहीको सूचीमा समेटेका छन्।
यस्तै पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप सुरुवात तथा संचालन कार्यवित्री स्वीकृत गरेको, पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको, बेलायत, कतार, रुस र स्वीजरल्याण्डका राजदूतसँग भेटेर स्वास्थ्य सहयोगका विषयमा छलफल भएको पनि उनले आफ्ना काम कारवाहीमा उल्लेख गरेका छन्।
हेर्नुहोस मन्त्री बस्नेतले सार्वजनिक गरेका कामको विवरण