काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत करारका चिकित्सक तथा प्राध्यापकहरुले पेन डाउन गरेका छन्। आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले पदाधिकारीको कार्यकक्षमा तालाबन्दीसहित आकस्मिक बाहेकका सेवा र शैक्षिक गतिविधिमा संलग्न नहुनेगरि पेन डाउन को घोषणा गरेका छन्।
जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापकरप्राध्यापकहरु स्थायी हुनुपर्ने एक सुत्रिय माग राखी चरणबद्ध आन्दोलन घोषणा गरेका चिकित्सक तथा अध्यापक, प्राध्यापकहरुले पूर्व घोषित कार्यक्रमअनुसार पेन डाउन गरेको जनाएका छन्।
जेष्ठ १४ देखी असार १५ गतेसम्म सहकुलपति तथा शिक्षामन्त्री र कुलपति तथा प्रधानमन्त्रीको कार्यालय लगाएत अन्य सम्बधित निकायमा आफ्ना मागहरु बुझाए पनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ।
पूर्वघोषित कार्यक्रम अनुसार पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा उपकुलपतिद्वारा चिकित्सक तथा प्राध्यापकमाथि दुर्ब्यवहार भएको उनीहरुले जनाएका छन्।