काठमाडौं- कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहले दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने भएका छन्। दुई जिल्लाका स्थानीय तहका पदाधिकारीहरुको बैठकले साउन १ गतेदेखि दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यकर्मी फिर्ता पठाउने निर्णय गरेका हुन्।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा शनिबार बैठक बसेको थियो। बैठकले संघीय मन्त्रालयले स्वीकृत दरबन्दीभन्दा बढीको तलब भत्ता दिन नसकिने पत्र पठाएकाले दरबन्दीभन्दा बढीका कर्मचारी संघीय मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेका हुन्।
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम अहिले स्थानीय तहमा समायोजन, समायोजन संसोधन, सरुवा एवम काम काजका स्वास्थ्यकर्मीहरु खटिएका छन् । संघीय मन्त्रालयको अनुमति लिएर उनीहरु त्यस ठाउँमा पुगेका हुन्। संघीय मन्त्रालयले दरबन्दी बाहेकका स्वास्थ्यकर्मीलाई आगामी आर्थिक वर्षबाट रकम उपलव्ध गराउन नसकिने पत्र पठाएपछि स्थानीय तहले कर्मचारी फिर्ता पठाउने निर्णय गरेको हो।
हेरौं निर्णयको पत्र