दाङ- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ। महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।
बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ।
प्रतिष्ठानमा विस्तारित सेवा ९इएचएस० सुरु हुने भएको छ। विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बताउनुभयो ।उहाँले विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दु्रत गतिमा पाउने बताए।
विस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने छ्न। अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपति डा लामिछानेले जानकारी दिए।
यसैगरी प्रतिष्ठानले पोषण पुनस्र्थापना गृहबाट ४२ कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ। २०७० सालमा रु ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफँैले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि २०७८ पुस १ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । पोषण पुनस्र्थापना गृहबाट साबिक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ।