काठमाडौं– सरकारले गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
मन्त्रिपरिषद्ले विशेषज्ञ चिकित्सक देखि चिकित्सक, नर्स तथा अन्य कर्मचारी सहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो।
जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत भएसँगै अब गेटा अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतका आवश्यक जनशक्ति अस्थायी पदपुर्ति गरी अस्पताल सञ्चालनमा आउने भएको छ।