काठमाडौं- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढेको छ। अस्पताल सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि आवश्यक तयारी अगाडि बढाएको हो। मन्त्रिपरिषद बैठकले रिक्त रहेको कार्यकारी सदस्यहरु नियुक्त गरेसँगै कार्यकारी निर्देशक नियुक्तिको बाटो खुलेको थियो।
अस्पतालको कार्यकारी निर्देशकका लागि मुख्य प्रतिस्पर्धामा डा शिवजी पौडेल र डा बिजय आचार्य छन्। डा पौडेल कांग्रेस निकट हुन् भने डा आचार्य पछिल्लो सयम पुन:निर्देशक बन्नका लागि माओवादी नेताहरुसँग नजिकिएका छन्। यसअघि उनी कांग्रेस कोटाबाट नै अस्पतालको निर्देशक भएका थिए।
अस्पतालको अध्यक्षमा माओबादी कोटाबाट डा बिजय न्यौपाने नियुक्त भइसकेका छन्। अध्यक्ष माओबादी कोटाबाट भएको भन्दै कांग्रेसले कार्यकारी निर्देशकमा दाबी गर्दै आइरहेको छ।