काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ डिएम/एमसिएच/एनबिएमएस-एसएस का शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको आवेदन खुला गरेको छ।
आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।
आयोगले प्रवेश परीक्षा साउन २० गते लिने छ। परीक्षा त्रिवि इन्जिनियरिङ क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने छ।
आयोगले विषयगत आधारमा कलेजहरुलाई सिट समेत निर्धारण गरेको छ।
कुन कलेजलाई कुन विषयमा कति सिट?