काठमाडौं- स्टार हस्पिटल, सानेपा, ललितपुर र नेपाल प्रहरी श्रीमती संघबीच, अस्पतालमा स्वास्थ्य उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले हस्ताक्षरगरेका छन्। उक्त हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल डाईरेक्टर, सिओओ., विभागिय प्रमुखहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुखको उपस्थिती रहेको थियो।
सम्झौताअनुसार स्टार हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्यउपचार सेवामा छुट दिने र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्नेछ।
हस्ताक्षर समारोहमा बोल्दै हस्पिटलका कार्यकारी महर्जनले हस्पिटलका विभिन्न सेवा सुविधाका सम्बन्धमा जानकारी गराउँदै भविष्यका योजनाहरुका बारेमा प्रकाश पारेका थिए। नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुँवरले स्टार हस्पिटलसँग सहकार्य गर्नपाउनु उपलब्द्धीपूर्ण रहेको र यसको पूर्ण कार्यन्वयनमा जोड दिइन्।