काठमाडौं- एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मी इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ।
त्यसका लागि बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका तर्फबाट निर्देशक मा दोङ सुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारीअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका यस बैंकका ग्राहकले यो फाइदा उपभोग गर्न सक्नेछन्। जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध हुनेछ।
डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको जनाएको छ।