काठमाडौं- कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा चन्द्रभाल झालाई मेसुको जिम्मेवारी दिएका हुन्।
मन्त्री बस्नेतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै ११औं तहका डा झालाई मेसुको जिम्मेवारी दिएका हुन्। यसअघि अस्पतालमा डा रविनमान सिंह निमित्त मेसु थिए।