काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहन बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरलेलाई ज्ञापन पत्र बुझाएको छ। महासंघले स्वास्थ्यकर्मीहरुले धेरै महिनासम्म तलब भत्ता नपाएको भन्दै तत्कालै तलब भत्ता पठाउन र फाजिल, समायोजन संशोधन तथा कामकाजमा रहेका कर्मचारीको स्थायी समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
महसंघकी उपमसचिव अमृता बरालका अनुसार स्थानीय तहमा तलब नपाएका स्वास्थ्यकर्मीहरुको तलब तुरुन्त पठाउन र समस्याको स्थायी सामाधानको लागि मन्त्री र सचिवको ध्यानाकर्षण गराइएको हो। यदी तलब भत्ता नदिने र समस्याको स्थायी समधान नखोजिए दबाबका कार्यक्रमको साथै कानुनी उपचारमा जाने उनले जानकारी दिइन्।
ज्ञापन पत्र बुझाउने टोलीमा महासंघका अध्यक्ष डा झलक गौतम, उपाध्यक्ष जगत नेपाली, भीमराज सिंह, उपमसचिब अमृता बराल तथा भरत बोहोरा, डिल्ली खनाल लगायत थिए।