काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा करारमा कार्यरत अध्यापक/ प्राध्यापकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन्।
प्रतिष्ठानको नियमितता र स्थायित्वको लागि भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन्। जस अन्तरगत असार २३ सम्म कालोपट्टी बाधी सेवा सुचारु गर्ने, असार २४ देखि साउन ६ सम्म तालाबन्दी सहितको रिले अनशन कार्यक्रम, साउन ७ देखि अनिश्चितकालिन आकस्मिक चिकित्सकिय सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु अवरुद्ध गर्नेसहितका कार्यक्रम सार्वजनिक गरेका छन्।
यसअघि कुलपति, उपकुलपति लगाएत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाए पनि आफ्नो माग सुनुवाइ नभएको उनीहरुको भनाइ छ।